Opens in a new tab

देश

प्रहरी निरीक्षक (इन्स्पेक्टर)को भर्ना प्रक्रिया रोक्न सर्बोच्चको आदेश

जगत ठाडा मगर
२०७८ पुस २३ | मध्यान्ह ०४:०९ बजे

काठमाडौ, पुस २३ । सर्वोच्च अदालतले नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर)को भर्ना प्रक्रिया रोक्न आदेश दिएको छ।

भर्ना प्रक्रियाविरुद्ध परेको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भर्ना प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो।

थारु कल्याणकारी सभाका केन्द्रीय महामन्त्री प्रेमीलालप्रसाद चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले भर्ना प्रक्रियाविरुद्ध रिट निवेदन दायर गरेका थिए।

प्रहरी प्रधान कार्यालयले १० मंसिरमा खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरेको थियो ।

कमेन्टहरु