पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि

जगत ठाडा मगर
२०७८ पुस २३ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं, पुस २३ । पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार ९७१ जनाको नमुना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोही अवधिमा कोभिड संक्रमणका कारण मृत्यु हुनको संख्या शून्य छ ।
आज २०२ जना संक्रमणमुक्त भएका छन् योसँगै नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






















