नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

जगत ठाडा मगर
२०७८ पुस २३ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं, पुस २३ । नेपालमा थप २४ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन पुष्टि भएको जनाएको हो ।
पुस महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरबाट संकलन गरिएको कोरोना भाइरसका ११ सय ४६ पोजेटिभ नमूनाको स्क्रिनिङ गर्दा २५० वटामा एसजीन नेगेटिभ आएको थियो ।
जसमध्ये २४ जनामा ओमिक्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






















