राजनीति

अध्यक्ष ओली जिल्ला अधिवेशन उद्घाटन गर्दै भने, सहमतिलाई जोड दिऔं

जगत ठाडा मगर
२०७८ पुस २३ | मध्यान्ह १२:०९ बजे

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा जिल्ला अधिवेशन उद्घाटन गरेका छन् । केन्द्रीय कार्यालय थापाथलीबाट आज ६१ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सहमतिमा जोड दिएका हुन्।

‘हामीले हरेक समयमा सहमतिलाई जोड दिएका छौं,’ अध्यक्ष ओलीले भने, ‘सकेसम्म सहमति र एकतावद्ध भएर मन नखुम्च्याइँकन सहमतिमा पुग्न र अगाडि बढ्न म आग्रह गर्दछु।’ उनले सहमति नभए निर्वाचनमा जान पनि आग्रह गरेका छन् । सबै मिलेर अधिवेशन गर्दा नै चुनौतीहरू सामना गर्न सकिने उनको भनाइ थियो।

एमालेले आज अधिवेशन हुन नसकेका १६ जिल्लामा पछि अधिवेशन गर्ने बताएको छ । गत मंसिरमा महाधिवेशन गरेको एमालेले जिल्ला अधिवेशन आज र प्रदेश अधिवेशन माघमा गर्ने तयारी गरेको छ।

कमेन्टहरु