देश

सुनसरीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस २३ | बिहान १०:०९ बजे

बुटवल, पुस २३ । सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक संखुवासभाको खाँदबारी नगरपलिका–७ का २६ वर्षीय सन्तोष राई र पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय अभि राईको मृत्यु भएको हो । बसको ठक्करबाट घाइते भएका दुवैजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जनाइएको छ ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ख ८१९६ नम्बरको बसले को२७प २१९ नम्बरको मोटरसाइकललाई हिजो बेलुका करिब साढे ७ बजे ठक्कर दिएको थियो । बससहित चालक प्रहरीचौकी तरहराको नियन्त्रणमा छन् ।

कमेन्टहरु