Opens in a new tab

राजनीति

आज एमालेको जिल्ला अधिवेशन हुँदै, ओलीले ‘भर्चुअल’ सम्बोधन गर्ने

जगत ठाडा मगर
२०७८ पुस २३ | बिहान १०:०९ बजे

काठमाडौं, पुस २३ । नेकपा एमालेको जिल्ला अधिवेशन आज हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएको छ ।

एमालेले शुक्रबार एकसाथ जिल्ला अधिवेशन गर्न लागेको हो। रिजालले भने, ‘एमालेका ६१ जिल्ला अधिवेशन आज हुँदैछ। मौसम र आन्तरिक तयारीका कारण आज अधिवेशन हुन नसकेका १६ जिल्लामा छिट्टै अधिवेशनहरू हुनेछन्।’ एमालेले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सर्कूलर जारी गरेको छ।

एमालेको विधान अनुसार जिल्ला कमिटी दुई अधिवेशन बीचको अवधिमा आफ्नो कार्यक्षेत्रभित्र पार्टीको मुख्य कार्यकारी संस्था हो। जिल्ला अधिवेशनले अध्यक्ष- १, उपाध्यक्ष- १, सचिव- १, उपसचिव- २ र उपधारा ३मा उल्लिखित अधिकतम् संख्यामा नबढ्ने गरी सदस्यहरू रहेको जिल्ला कमिटी निर्वाचन गर्नेछ।

जिल्ला मातहतका पालिका इलाका कमिटीका अध्यक्षहरू जिल्ला कमिटीका पदेन सदस्य हुनेछन्।जिल्ला कमिटीको आधार संख्या ५० हुनेछ। यो संख्यामा जिल्ला अन्तर्गतका प्रतिनिधिसभाको प्रत्येक निर्वाचन क्षेत्र बराबर १५ का दरले कायम हुने संख्या थप गर्न सकिनेछ। तर जिल्ला कमिटीको अधिकतम् संख्या १५१ र विशेष जिल्ला कमिटीको अधिकतम् सदस्य संख्या ६५ भन्दा बढी हुनेछैन।

जिल्ला कमिटीमा कम्तीमा एक तिहाइ महिलासहित जिल्लाको विविधता प्रतिविम्बित हुने गरी समावेशीकरण गरिनेछ।

कमेन्टहरु