देश

काठमाडौँमा लिभिङ टुगेदरमा बस्दै आएका युवक–युवती मृत फेला

जगत ठाडा मगर
२०७८ पुस २३ | बिहान ०९:०९ बजे

काठमाडौं, पुस २३ । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा लिभिङ टुगेदरमा बस्दै आएका एक युवक र युवती मृत फेला परेका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङकी युसिना राई मृत अवस्थामा भेटिएको हो ।

महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ । भने केटाको घाँटीमा चक्कुले रेटेको चोट छ । गएराति साढे १२ बजे खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन् ।

अमिश अर्धनग्न अवस्थामा पल्टिएको र ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा ल्याएका थिए । उनको अस्पतालमै मृत्यु भयो । अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।

उनीहरु दुवैजना पब्जीको लतमा थिए । अमिशको ठूली आमाका अनुसार उनीहरु २२ दिन पहिलेदेखि लिभिङ टुगेदरमा बस्न थालेका हुन् । कोठामा रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु भेटिएको छ ।

कमेन्टहरु