Opens in a new tab

मुख्य समाचार

गृह मन्त्रालयले १४ प्रमुख जिल्ला अधिकारीको सरुवा, को-कहाँ पुगे ?

जगत ठाडा मगर
२०७८ पुस २३ | बिहान ०५:०९ बजे

काठमाडौँ, पुस २३ । १४ जना प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। गृह मन्त्रालयले १४ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो।

बिहीबार बाग्लुङ, इलाम, बझाङ, रुकुम पश्चिम, बाजुरा, दार्चुला, ओखलढुंगा, झापा र सुर्खेतका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरिएको हो।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारी बनाएको छ । गृह मन्त्रालयका सहसचिव रमेश ढकाललाई बाग्लुङ सरुवा गरिएको छ। इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव खड्कालाई मन्त्रालय सरुवा गरिएको छ।

बाजुराका सीडीओ गोपाल कुमार अधिकारी, दार्चुलाका सिद्धराज जोशी, ओखलढुंगाकी बन्दना राईलाई गृहमन्त्रालय सरुवा गरिएको छ। ओखलढुंगाको सीडीओमा दिलकुमार तामाङ, झापा छविलाल रिजाल र सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र प्रसाद रिजाल सरुवा भएका छन्।

गृहमन्त्रालयका उपसचिव माधवप्रसाद ढुंगानालाई इलामको प्रमुख जिल्ला अधिकारी, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई बझाङको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ।

गृहमन्त्रालयका उपसचिव परमानन्द घिमिरे रुकुम पश्चिम, इलाका प्रशासन कार्यालय बुटवल रुपन्देहीका उपेन्द्रराज पौड्याल बाजुरा र बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ।

कमेन्टहरु