धनुषाबाट स्रोत नखुलेको ३८ लाखसहित एक युवक पक्राउ

जगत ठाडा मगर
२०७८ पुस २२ | मध्यान्ह ०८:०९ बजे

जनकपुरधाम, पौष २२ । सशस्त्र प्रहरीले स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।
धनुषाको नगराइन नगरपालिका–२ सीमावर्ती क्षेत्रबाट बिहीबार दिउँसो करिब १ बजे लक्ष्मीनियाँ गाउँपालिका–१ निवासी वर्ष २३ का अमितकुमार यादवलाई ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश २ ०२ ०० १ प ०४८०८ नम्बरको मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको नगद रकम विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको प्रदेश २ का प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।






















