देश

नगर प्रमुख शाहद्वारा पर्यटकीय पूर्वाधार निर्माण तथा भन्सार क्षेत्र विकासका लागि आयोजना स्वीकृत गर्न माग

जगत ठाडा मगर
२०७८ पुस २२ | मध्यान्ह ०३:०९ बजे

अजय मिश्र
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले शहरी विकास तथा भवन निर्माण विभागसँग कृष्णनगरमा पर्यटकीय पूर्वाधार निर्माण, भन्सार क्षेत्र विकास तथा बजार सुन्दरीकरणका लागि आयोजना स्वीकृत गर्न माग गरेका छन् ।

उक्त माग पत्रमा लुम्बिनी प्रदेश कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको दक्षिण पश्चिम भारतसँग जोडिएको कृष्णनगर बजार यस नगरपालिकाको सबैभन्दा पुरानो बजार रहेको अवगत गराउदै नगरपालिकाको सिमादेखि लगभग २०० मिटर पर भारतको बढ्नी रेल्वेस्टेशन रहेको र भारतको राजधानी नयाँ दिल्ली पुग्न रेलबाट १०-११ घण्टा लाग्ने कुरा दर्शाइएको छ ।

नेपाल घुम्न आउने पर्यटकको लागि पर्यटकीय पूर्वाधार नरहेको कृष्णनगर नगरपालिकामा पर्यटकीय पूर्वाधार निर्माण, बजार सुन्दरीकरण तथा धेरै राजस्व संकलन हुने कृष्णनगर भन्सार क्षेत्र विस्तार तथा सुन्दरीकरण गर्न आवस्यक आयोजना स्वीकृत गर्न नगर प्रमुख शाहको हस्ताक्षरित पत्र सहित आयोजना माग गरिएको छ ।

photo 2022 01 06 01 59 41

कमेन्टहरु