दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते


दाङ । दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट लमहीतर्फ आउँदै गरेको स्कार्पियो बुधबार राति २ बजे अनियन्त्रित भइ लमही–३ स्थित बगाइ खोलाको पुलमा ठोक्किंदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते हुनेमा लमही नगरपालिका–२ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी, वडा नं ५ को कोलही बस्ने २५ वर्षीय विनोद चौधरी, रातो डाँडा निवासी वर्ष १८ का आकृति पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सिर्जना सुनार, लमही बजार निवासी ३७ वर्षीय भानुप्रसाद गुप्ता, वडा नं ६ देउपुर बस्ने वर्ष १८ कि बिनिता लुहार रहेका छन् ।
दुर्घटनामा चालक विनोद चौधरी, प्रदीप चौधरी, भानुप्रसाद गुप्ता, सिर्जना सुनारको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको र अन्य घाइतेको मुख र हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको अहिले नेपालगञ्ज र बुटवलमा उपचार भइरहेको छ।






















