देश

कैलालीमा क्रेन र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस २२ | बिहान ०७:०९ बजे

धनगढी, पुष २२ । कैलालीमा क्रेन र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको लम्कीमा भएको उक्त दुर्घटनामा कञ्चनपुरको बेलौरी नगरपालिका ५ का नेघुलाल चोधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको र १ क ११३० नम्बरको क्रेन र विपरीत दिशाबाट आउँदै गरेको से ४ प ६०२१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका लागि टीकापुर अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सोही दुर्घटनामा पैदल यात्री भुवन सिंह भाट घाइते भएका छन् ।

कमेन्टहरु