माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य छिमी दोर्जीसहित हुम्लाका स्थानीय नेताहरु एमाले प्रवेश


काठमाडाैं, पुस २२ । नेकपा (माओवादी केन्द्र) का पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य छिमी दोर्जी लामासहित हुम्लाका अन्य स्थानीय नेताहरु माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् । माओवादीका कर्णाली प्रदेश कमिटीका छ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत छन् ।
समयमै नेकपा (एमाले) रोजेर सही निर्णय गरेकोमा नवप्रवेशी नेताहरूलाई धन्यवाद दिंदै अध्यक्ष ओलीले भने, ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला माओवादीको हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुनेछ ।’
उक्त पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज कमरेड गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।






















