रामग्राम नगरपालिकामा जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण


सुरेश यादव ,नवलपरासी/ पुष २१ ।
रामग्राम नगरपालिकामा जुनोटिक रोक सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिकाको पशुपन्छी विकास शाखा प्रमुख निरज पासवानको अध्यक्षता तथा रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उक्त अभिमुखीकरण कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा विशेष अतिथि महेसपुर क्वारेन्टाईन चेकपोष्ट शाखाका प्रमुख पशु चिकित्सक सोभाखर ज्ञवालीले जुनोटिक रोगको बारेमा जनकारी गराउदै यस संक्रमण फैलिने तरिका र बच्ने उपायका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा पशुपन्छी विकास शाखा प्रमुख डाक्टर निरज पासवान र प्राविधिक गोविन्दराज पौडेलले जुनोटिक रोग र यसको संक्रमणबाट बच्ने उपायका बारेमा आफनो प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नगरपालिका भित्र माशु व्यवसायी, गाईभंैसी, पालक, बाख्रा तथा कुखुरा हाँस पालकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई पशुपंन्छी विकास शाखाका प्राविधिक खेमराज पटेलले स्वगत गरेका थिए भने शाखा प्राविधिक गोविन्दराज पौडेलले कार्यक्रममा सहजीकरण र कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा आर्थिक विकास महाशाखा प्रमुख निर्मला पोख्रेल, कृषि विकास शाखा प्रमुख आदेश मिश्र, कृषि विकाश शाखा प्राविधिक उमेश धोवी लगायतको उपस्थिती रहेको थियो ।






















