नेकपा एमाले नवलपरासी पश्चिमको आठौं जिल्ला अधिवेशनको तयारी पुरा


सुरेश यादब
परासी, पुष २१। नेकपा एमाले पश्चिम नवलपरासीले आगामी शुक्रवार गर्ने आठौं जिल्ला अधिवेशनको तयारी पुरा भएको जनाएको छ । आज अधिवेशन स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ।
नेकपा एमाले पश्चिम नवलपरासीका उपाध्यक्ष तथा आठौं जिल्ला अधिवेशन मुलब्यवस्थापन समितिका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षतामा र प्रचार प्रसार उप–समितका संयोजक राजन कुमार आचार्यको सहजीकरणमा उक्त पत्रकार सम्मेलन सम्पन्न् भएको थियो ।
पत्रकार सम्मेलनमा प्रचार प्रसार उप–समितका संयोजक आचार्यले अहिले सम्म भएको तयारी र नितिगत कुराका बारेमा जानकारी गराउनु भएको थियो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नेकपा एमाले पश्चिम नवलपरासीको आठौं जिल्ला अधिबेशन सफल बनाउन पार्टीले ५ सय ५१ सदस्य रहेको मुल तयारी समीती र ९ वटा उप–समिति गठन गरिएको र ति सबै समितिहरुका तयारी बैठकहरु बसेर जिम्मेवारीका साथ कार्य गरेको जानकारी दिईएको थियो ।
नेकपा एमाले पश्चिम नवलपरासीको जिल्ला अधिबेशनमा ५ सय ६२ प्रतिनिधि सहभागी हुने छन । जस्मा जिल्ला भरीको भूगोलवाट ४ सय ६५ जना आयोजकवाट ७५ जना, सल्लहकारवाट १५ जना गरी कुल ५ सय ६२ जना प्रतिनिधि सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
यसरी सहभागि हुदां सुनवल १ सय २३, रामग्राम ५८, बर्दघाट १ सय ५६, सुस्ता ३५, सरावल ५४, पाल्हिनन्द्यन ११, प्रतापपुर २८ जना र ७ वटा पालिकाहरुवाट ७ जना पदेन रहने विद्यानत ब्यवस्था रहेको बताईएको छ ।
नेकपा एमालेको तथ्यांक अनुसार पश्चिम नवलपरासीमा ७ हजार नेकपा एमाले संगठीत सदस्य रहेका छन ।






















