दोलखा केन्द्रबिन्दु भएर भुकम्पको धक्का

जगत ठाडा मगर
२०७८ पुस २१ | मध्यान्ह ०७:०९ बजे

दोलखा । दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ः१६ बजे श्यामा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० भन्दा धेरै परकम्प गइसकेको छ।






















