स्वास्थ्य

त्रिवेणीमा आधारभुत स्वास्थ्य कार्यालयको भवन उद्घाटन

जगत ठाडा मगर
२०७८ पुस २१ | मध्यान्ह ०६:०९ बजे

नवलपरासी, पाैष २१ । पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा न.६ त्रिवेणीमा आधारभुत स्वास्थ्य कार्यालयको भवन उद्घाटन तथा ल्याब संचालन कार्य त्रिवेणी धाममा सुभारम्भ भएको छ।

विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष पृतम बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसिले स्वास्थ्यको पहुँचबाट टाढा रहेका नागरिकलाई आधारभुत स्वास्थ्यकेन्द्रबाट भरपर्दो र विश्वसनीय ढङ्गबाट स्वास्थ्यसेवा प्रदान गरिने बताउदै आगामी दिनमा त्रिवेणी स्वास्थ्यकेन्द्रमा एम.बि.बि.एस. तहको चिकित्सकको प्रबन्ध मिलाइने कार्यमा गाउँपालिका प्रतिबद्ध रहने धारणा राख्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना राना, स्वास्थ्यसेवा प्रमुख ध्रुवराज काफ्ले,वडा सदस्य सफला नेपाल,स्वास्थ्यकर्मी रघुनाथ भट्टराई लगायतले स्वास्थ्य गतिविधिमाथी प्रकाश पार्नु भएको थियो। उद्घाटित आधारभुत स्वास्थ्यकेन्द्रमा ३ कोठा रहेको छ भने दैनिक २०० बिरामी लाभान्वित रहने आयोजकले जानकारी दिएको छ।

कमेन्टहरु