पश्चिम नवलपरासीमा ६ जना फरार अभियुक्त पक्राउ


सुरेश यादव
नवलपरासी, पुस २१ । पश्चिम नवलपरासी प्रहरीले मंगलबार विभिन्न मुद्दामा फरार रहेका ६ जना अभियुक्तलाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रेम बहादुर शाहीका अनुसार जिल्ला अदालत नवलपरासीबाट २०५० सालदेखि २०७२ सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाकी रहेका कुटपिट मुद्दाका ३ जना, बहुविवाह मुद्दाका १ जना, सम्बन्ध विच्छेद मुद्दाका १ जना र सार्वजनिक मुद्दाका १ जना फरार अभियुक्त जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट प्रकाउ गरिएको हो ।
अदालतकाे लगत अनुसार पक्राउ पर्नेमा अधिकतम सजाय कुटपिट मुद्दाका ३ जना अभियुक्तहरूकाे जनही ३ महिना कैद र १ हजार रुपैयाँ जरिवाना रहेको छ भने अन्य ३ अभियुक्तहरूकाे कसुर अनुसार जरिवाना ताेकिएकाे छ । पक्राउ परेका ६ जना अभियुक्तहरूकाे एकमुष्ट जम्मा सजाय ९ महिना कैद र ५ हजार २५ रुपैयाँ जरिवाना रहेकाे डिएसपी शाहीले बताउनुभयो ।
साथै पक्राउ परेका उनीहरुलाई नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसार कारबाही भएकाे छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मंसिर २८ गतेदेखि हालसम्म विभिन्न मुद्दाका १०९ जना फरार अभियुक्त जिल्लाकाे विभिन्न स्थानबाट पक्राउ गरि आवश्यक कारवाहीकाे लागि जिल्ला अदालत पेश गरिएको छ ।






















