देश

पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि

जगत ठाडा मगर
२०७८ पुस २१ | मध्यान्ह ०५:०९ बजे

काठमाडौं, पुस २१ । पछिल्लो २४ घण्टामा देशभर थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । जसमध्ये ४,८५२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज २३९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य छ ।

कमेन्टहरु