राजनीति

मन्त्रिपरिषद् बैठक आज दिउँसो साढे १ बजे बस्ने

जगत ठाडा मगर
२०७८ पुस २१ | मध्यान्ह १२:०९ बजे

काठमाडौं, पुस २१ । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् ।

त्यस्तै बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ ।

कमेन्टहरु