राजनीति

काँग्रेसको १६ जिल्लाको अधिवेशन पुन: सारियो

जगत ठाडा मगर
२०७८ पुस २१ | बिहान ११:०९ बजे

काठमाडौं, पुस २१ । नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन पुन: सरेको छ । विवादका कारण पार्टीको १४ औं महाधिवेशनअघि हुन नसकेको जिल्ला अधिवेशन पुस २७ गतेका लागि तय भएको थियो ।

काँग्रेस निर्वाचन समितिले माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै माघ १५ गतेसम्मका लागि अधिवेशन सारिएको जनाएको छ । निर्वाचन समितिका सचिव केशव रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा जिल्ला कार्यसमितिको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते शनिबार हने उल्लेख गरेका छन् ।

काँग्रेसको अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरलगायत जिल्ला रहेका छन् ।

कमेन्टहरु