राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा एमालेले पनि दर्ता गरायो उम्मेदवारी

जगत ठाडा मगर
२०७८ पुस २० | मध्यान्ह ०८:०९ बजे

जनकपुरधाम, २० पुस । प्रदेश २ मा नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको छ ।
एमालेबाट अल्पसंख्यकतर्फ उसमान अन्सारी र महिलातर्फ बिना साहले उम्मेदवारी दिएकी हुन् । अन्सारी पर्सा र बिना रौतहटका हुन् । जनकपुरस्थित निर्वाचन कार्यालयमा एमालेका नेता कार्यकर्ताहरु जुलुससहित उम्मेदवारी दर्ता गराउन पुगेको थियो ।
एमालेले सोमबार धनुषाका असर्फी भिनवार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर अन्तिम समयमा आएर यादवको ठाउँमा अनसारीलाई उम्मेदवार बनाएको हो ।






















