देश

नवलपरासीमा सामूहिक कुटपिटबाट गम्भीर घाइते भएका युवकको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस २० | मध्यान्ह ०२:०९ बजे

नवलपरासी, पुस २० । गत पुस १६ गते नवलपरासी (पश्चिम) मा ७ जनाको समूहको आक्रमणमा परि गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्लाको बर्दघाट नगरपालिका–२ सुखौराका २५ वर्षीय विशाल थापालाई पुस १६ गते दिउँसो करिब ४ बजेको समयमा स्थानीय ७ जना युवाहरूको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा आइतबार मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न सोही स्थानका २१ वर्षीय गणेश थापा, वर्ष २१ कै तुलबहादुर घर्ती, २६ वर्षीय गणेश थापा, सोही उमेरका भुवनसिंह दर्लामी, २२ वर्षीय टेकबहादुर सोमै, वर्ष १९ का लीलबहादुर दर्लामी, वर्ष २७ का सुस्त सारू, सोही उमेरका थम्मन बहादुर बारघरे र वर्ष २८ का रेसम दर्लामीलाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ परेका उनीहरुलाई सोमबार अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्टहरु