काठमाडौमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस २० | मध्यान्ह ०१:०९ बजे

काठमाडौ, पौष २० । काठमाडौंमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका– ९ तिलगंगा पिङलास्थानमा बा.५ख १५३८ नम्बरको बसले बागमती प्रदेश–०२–०२१ प १९३५ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कँर दिइएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी कार्कीको उपचारको क्रममा आज बिहान काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बस चालक भने फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।






















