राजनीति

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमालेका तीनजनाको उमेदवारी दर्ता

जगत ठाडा मगर
२०७८ पुस २० | मध्यान्ह १२:०९ बजे

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा नेकपा (एमाले)का तीन उमेदवारले उमेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार आज बिहान ११ देखि साढे ११ बजेको बीचमा एमालेका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थन्नेत थारु र स्याङ्जाका अर्जुनकुमार सुनामले उमेदवारी दर्ता गराएका हुन् । पौडेल अन्य, थनेत महिला र सुनाम दलित क्लष्टरबाट निर्वाचन लड्दै छन् ।

गण्डकीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारले दिउँसो एक बजे उम्मेदवारी दर्ता गराउने कांग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछानेले जानकारी दिए ।

राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ । त्यसका लागि आज सबै प्रदेशहरुमा मनोनयन दर्ताको कार्यक्रम छ ।

कमेन्टहरु