देश

माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज, तीन दिनपछि नेपाल फर्किने

जगत ठाडा मगर
२०७८ पुस २० | मध्यान्ह १२:०९ बजे

काठमाडौ, पुस २० । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । ९८ दिनको लामो उपचारपछि नेता पुन मंगलबार चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन् ।

विश्वमा विरलै मात्रामा देखिने जण्डिसबाट पीडित पुनलाई सुरुमा उपचारका लागि थाइल्याण्ड लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि पुनलाई उपचारका लागि चीन लगेर थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा भर्ना गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएका पुन तीन दिनपछि नेपाल आउने अखिल क्रान्तिकारीका नेता दिपेश पुनले जानकारी दिए ।

यसअघि पुनकै आग्रहमा मंगलबार बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठक स्थगित गरिएको थियो । अध्यक्ष प्रचण्डले पार्टीका सिनियर नेताहरू वर्षमान पुन र ओनसरी घर्ती उपचारका क्रममा देश बाहिर रहेकाले उहाँहरुकै उपस्थितिमा पदाधिकारी टुंग्याउन उचित हुने भन्दै केन्द्रीय समिति बैठक स्थगित गरिएको बताएका थिए ।

कमेन्टहरु