मुख्य समाचार

जनमत पार्टीद्वारा गरिएको अनिश्चितकालिन बन्दले नवलपरासीमा पनि सामान्य असर

जगत ठाडा मगर
२०७८ पुस २० | बिहान ११:०९ बजे

बुटवल । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले गरेको अनिश्चितकाल बन्दले पुर्बी तराईको नागरिकले सास्ती ब्यहोर्नु परेको छ । सो पार्टीले तराईमा आफ्नो संगठन रहेको जिल्लालाई लक्षित गरि अनिश्चितकालिन बन्दको घोषण गरेको बिज्ञप्ती निकाले थिए ।

किसानलाई उपयुक्त समयमा बिउ बिजन, मल खाद र सिंचाईको व्यवस्था तीनै तहका सरकारले नगरेको अवस्थामा आवाज उठाउँदा राज्यले किसानहरूको जायज मागलाई बेवास्ता गरेको तथा किसानमाथि दमन गर्ने लगायतका नाजायज कार्यहरु गर्दै आएकाले जिल्ला बन्दको घोषणा गरिएको विज्ञप्तीमा उल्लेख छ ।

जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बिउ बिजनको व्यवस्था गर्नुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने तथा सिंचाईका लागि विद्युत निःशुल्क गर्नुपर्ने माग अघि सारेको छ ।

यस्तै, हावा हुरी, वर्षा तथा मौसमका कारणले भएको बाली नालीको क्षति बापत राहत दिनुपर्ने, बालीको उचित समर्थन मूल्य निर्धारण गर्नुपर्ने, उखु किसानको वक्यौता भुक्तानी गर्नुपर्ने, किसान कार्डको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

अनिश्चितकालीन बन्दका क्रममा खाना–नास्ताका होटल, औषधि पसल, अति आवश्यक सवारी साधन र सञ्चारकर्मी तथा सञ्चारमाध्यमको सवारी साधनबाहेक बजार तथा सवारीसाधन पूर्ण बन्द हुने विज्ञप्तिमा उल्लेख छ । सोही प्रभाव पश्चिम नवलपरासीमा पनि परेको छ ।

कमेन्टहरु