पाल्हिनन्दनमा माईति नेपालकाे नगरपरियोजना परामर्श समितिको बैठक सम्पन्न


नन्दु यादव
नवलपरासी, पुस २० । पश्चिम नवलपरासी जिल्लाकाे पाल्हिनन्दन गाउँपालिकाकाे महेशपुरमा सन्चालित माईति नेपालकाे नगर परियाेजना परामर्श समितिकाे बैठक पाल्हिनन्दन गाउँपालिकामा सम्पन्न भएकाे छ ।
गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताकाे अध्यक्षतामा बैठक बसि विभिन्न माईति नेपालकाे भाबि याेजना तथा माईति नेपालले गरेकाे बार्षिक कार्यबारे छलफल गरि सम्पन्न भएकाे हाे ।
माईति नेपालले खास गरि सिमा नाकामा भईरहेकाे मानवअाेसार पसार बिरुद्ध काम गर्दै अाएकाे बताईएकाे छ । माईति नेपालले धेरै जना चेलिहरुलाई भारतबाट उद्धार, चेलिबेटि बेचबिखनमा सग्लनलाई कानुनी कार्वाहि लगायतकाे कार्य गर्दै अाएकाे छ । त्यसैगरी समाजमा महिला हिँसा, मानव अाेसार पसार बारे जनचेतना जगाउने उदेश्यले पर्चा पम्पलेट बितरण साथै किशाेरी र बिद्यालयका बिद्यार्थीहरुलाई प्रशिक्षण कार्यक्रममा समेत सम्पन्न गरेकाे छ ।
पालिकाको वडा न १ मा समुदायमा गई घरघरमा पर्चा पप्मलेट बितरण गर्दै माईति नेपालले समाजमा निकै प्रभावकारी ढङले कार्य गर्दै अाएकाेे हाे । बैठकमा मुख्य कुरा नै जनचेतना जगाउनु पर्छ भन्ने विभिन्न ब्यक्तिबाट अाएकाे सल्लाह सुझाव अनुसार समुदाय स्तरबाट पुरुष महिला दुबै समुहलाई चेतनशिल बनाउनुपर्ने कुरामा जाेड दिएकाे थियाे ।
बैठकबाट अाएकाे सल्लाह सुझाव लाई मध्यनजर गर्दै थप नयाँ याेजनाका साथ अगाडि बढने माईति नेपाल महेशपुरकी प्रमुख एलिसा श्रेष्ठले बताउनु भयाे।






















