मौसम

यस्तो छ आजको मौसम

जगत ठाडा मगर
२०७८ पुस २० | बिहान ०७:०९ बजे

काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ।

तर तराईका धेरैजसो भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ। बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

त्यस्तै बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

कमेन्टहरु