Opens in a new tab

राजनीति

अर्घाखाँचीमा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश

जगत ठाडा मगर
२०७८ पुस १९ | मध्यान्ह ०२:०९ बजे

अर्घाखाँची, पुस १९ । अर्घाखाँचीमा नेकपा एमालेबाट निर्वाचित पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।

उनलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टी प्रवेश गराएका हुन् । कांग्रेस पाणिनी गाउँपालीकाका अनुसार गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित करिब दुई सय व्यक्ति कांग्रेस प्रवेश गरेका छन्।

पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदीलगायतका नेताहरु कार्यक्रममा सहभागी रहेका कांग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणि पौडेलले जानकारी दिए।

कमेन्टहरु