विद्युत प्राधिकरण र नेपाल एयरलाइन्सबीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता


काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल एयरलाइन्सबिच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५१० प्रतिशत छुट पाउनेछन् । सम्झौता कार्यक्रममा बोल्दै मन्त्री आलेले प्राधिकरणले अब वायुसेवा निगम प्रयोग गर्ने र यसबाट डुब्न लागेको उकास्न सहयोग पुग्ने बताए । सचिव महेश्वर न्यौपानेले विद्युत प्राधिकरण जस्तै एनएसीलाई पनि माथि उठाउनुपर्ने उल्लेख गरे ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सम्भव भएसम्म अफिसियल काममा वायुसेवा निगम नै प्रयोग गर्ने प्रतिबद्धता जाहेर गरे । एनएसीका क्याप्टेन विजय लामाले कुलमानबाट प्रभावित भएको भन्दै निगम सुधारका लागि समेत साथ दिन आग्रह गरे ।






















