सीके राउतले धम्की दिएका सिरहाका एसपी पाण्डेको सात महिनामै काज सरुवा


जनकपुधाम, १९ पुस । सिरहाका प्रहरी प्रमुख एसपी हिरा पाण्डेको ७ महिनामै काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसपी पाण्डेको ठाउँमा प्रहरी प्रधान कार्यालयको शिक्षालयमा कार्यरत एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ ।
गत जेठमा एसपी पाण्डे सिरहा सरुवा भएका थिए । पछिल्लो समय प्रदेश २ को सिरहा लगायत तराईका केही जिल्लामा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले किसानको समस्याको विषय लिएर आन्दोलन तथा हडताल गरेपछि एसपी पाण्डेलाई स्थिति नियन्त्रणमा लिन नसकेको आरोप समेत लागेको स्रोतको भनाइ छ ।
यस्तै, पछिल्लो समय सिराहमा जनमत पार्टीले किसानलाई पक्राउ गरिएको भन्दै आन्दोलन गरेको थियो । त्यसक्रममा दर्जनौं निजी गाडीमाथि तोडफोड भएको थियो ।
यसअघि अध्यक्ष राउतले एसपी पाण्डेलाई सार्वजनिक स्थानमा ल्याएर भौतिक कारबाही गर्ने धम्की पनि दिएका थिए । प्रहरी प्रमुख पाण्डेका विरुद्ध दिनहु प्रर्दशन हुन थालेपछि उनको काज सरुवा गरिएको प्रहरी प्रधानकार्यालले स्रोतले जानकारी दिए ।






















