राजनीति

राष्ट्रिय सभामा गठबन्धनको भागबण्डा : कांग्रेसको भागमा ६, माओवादी र समाजवादीलाई ५/५ सिट

जगत ठाडा मगर
२०७८ पुस १९ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं, पुस १९ । राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँड गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको सत्तारुढ दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो ।

जस अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने भएका छन् ।

कमेन्टहरु