देश

पाल्पाको हेक्लाङमा जिप दुर्घटना हुदा ५ जना घाईते, १ जनाको अवस्था गम्भीर

जगत ठाडा मगर
२०७८ पुस १९ | बिहान १०:०९ बजे

टोप कामु मगर
पाल्पा, पुस १९ । पाल्पाको पूर्वखोला – ६, हेक्लाङको लाकुरी गुरुङडाँडामा जिप दुर्घटना हुदा ५ जना घाइते भएका छन । लु१ज २६०७ को जिप हेक्लाङबाट तानसेन जान छुटेको उक्त गाडी अनियन्त्रित भई बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परि २८ बर्षका पूर्ण बहादुर फाल मगर,१९ बर्षका चिञ्जीवी सारु मगर, २९ बर्षे प्रेम सिंजाली मगर, ३० बर्षका टेक बहादुर पल्ली मगर, ४३ बर्षे पवि सरा सारु मगर घाईतेको छन । दुर्घटनामा पुर्ण बहादुर फाल मगरको अबस्था चिन्ताजनक रहेको र अरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

घाईतेहरुको उपचारका लागि मिसन हस्पिटल तथा लुम्विनी मेडिकल कलेज लाने तयारी भैरहेको छ । दुर्घटनाको कारण खुलेको छैन । जिप माथिल्लो सडकबाट करिब २५० मिटर तल्लो सडकमा आईपुगेको पाल्पा प्रहरीले बताएको छ ।

कमेन्टहरु