राजनीति

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारी चयनमा प्रचण्डलाई सकस

जगत ठाडा मगर
२०७८ पुस १९ | बिहान १०:०९ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदाधिकारी चयन गर्न आन्तरिक गृहकार्यमा जुटेका छन्। सोमबार बिहानैदेखि उनले आफूनिकट नेताहरुसँग द्विपक्षीय र बहुपक्षीय छलफल जारी राखेका छन्।

अध्यक्षमा निर्विकल्प देखिएका प्रचण्डलाई महासचिव छान्न सकस परेको छ। महासचिवका आकांक्षीहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेतले लविङ तीब्र पारेका छन्।

पदाधिकारी चयन गर्न केन्द्रीय कमिटीको पहिलो बैठक सोमबार दिउँसो बस्दैछ। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ।

सोमबारको बैठकले बाँकी सदस्यको नाम, अध्यक्षसहित पदाधिकारीको चयन टुंगो लगाउने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। माओवादी केन्द्रको आठौं महाधिवेशनमा खुलातर्फ १११ र १२५ समानुपातिकतर्फ गरी अध्यक्ष प्रचण्डले २३६ जना केन्द्रीय कमिटी सदस्यको घोषणा गरेका थिए।

विधानबमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ।

कमेन्टहरु