देश

क्यान्सरको उपचार खोज्ने एक जोडीको अभियानले विश्वलाई यसरी कोरोनाको खोप दिलायो

जगत ठाडा मगर
२०७७ मंसिर २३ | बिहान १०:०८ बजे

पश्चिमा जगत्मा सबैभन्दा पहिले स्वीकृति पाउने, फाइजर र बायोएनटेकले बनाएको कोभिड– १९ भ्याक्सिन बनेको छ । उक्त भ्याक्सिनको विकासको कथा ३० वर्षअघि जर्मनीमा सुरु भएको थियो, जब भर्खरै प्रेममा परेका दुई युवा चिकित्सकरुले क्यान्सरको उपचार पत्ता लगाउने निधो गरे । यी दुबै चिकित्सक टर्किस् आप्रवासी आमा–बाबुका सन्तान हुन् । जर्मनीको बायोनटेक कम्पनी र उसको अमेरिकी साझेदार फाइजर इन्कले १० महिनामा तयार गरेको भ्याक्सिनले गत बुधबारबाट आपत्कालीन प्रयोगका लागि बेलायतमा अनुमति पाएको छ, यो पश्चिमा जगत्मा भ्याक्सिन निर्माणको नयाँ कीर्तिमान हो । यसअघि सबैभन्दा छिटो भ्याक्सिन विकास भएको भनेकै ३ वर्षभन्दा धेरै अवधिमा हो ।

झट्ट हेर्दा छोटो अवधिमा भ्याक्सिन बनेको छ । तर बायोनटेकका संस्थापक पति–पत्नी उगुर साहिन र ओज्लेम टुरेसीका लागि यो ३ दशकदेखिको अहोरात्र तपस्या र मिहिनेतको उपज हो । गत जाडोयाममा मानिसमा कोरोना भाइरस पहिलोपटक देखिनुभन्दा लामो समयअघिदेखि नै उनीहरु यस काममा खटिएका थिए ।

महामारी सुरु हुँदासम्म डाक्टर साहिनले एमआरएनए (शरीरलाई भाइरस र अन्य खतराको रक्षाका लागि तयार हुन सहयोग मिलोस् भन्ने हेतुले शरीरभित्र पठाइने जेनेटिक निर्देशन) अध्ययनमा वर्षौं बिताइसकेका थिए । युरोपमा पहिलोपटक कोरोना पहिचान हुनभन्दा केही दिनअघि जनवरीमा आफ्नो घरको कम्प्युटरमा भ्याक्सिनको डिजाइन गर्नका लागि उनले आफ्नो ज्ञान प्रयोग गरे । ‘यो सफलता एकअर्कासँग गाँसिएका दुई व्यक्तिबीचको उत्कृष्ट संयोजन हो,’ कुनै समय ज्युरिचस्थित साहिनको ल्याबमा काम गरेका नोबेल पुरस्कार विजेता रोल्फ एम जिन्केरनागेलले भने, ‘साहिन निकै सिर्जनात्मक वैज्ञानिक र टुरेसी राम्रो व्यापारिक सुझबुझ भएकी उत्कृष्ट चिकित्सक हुन् ।’

डाक्टर साहिनको जन्म टर्कीको मेडिटेरानियन समुद्री तटस्थित इस्केन्दीरनमा सन् १९६५ मा भएको थियो । युद्धपछिको जर्मनीलाई विदेशी कामदारमार्फत पुनर्निर्माण गर्ने नीतिअन्तर्गत कोलोन नजिककैको फोर्ड कम्पनीको कारखानामा उनका बाबुले काम पाएपछि उनी पनि जर्मनी आए । यही समय आसपास लासट्रपस्थित क्याथोलिक अस्पतालमा काम गर्न डाक्टर टुरेसीका बाबु जर्मनी आएका थिए । लासट्रम्पमै आफ्ना बाबुका बिरामीहरुप्रति साहानुभूति राख्ने साधिकाहरुबाट टुरेसी प्रेरित भइन् ।

सुरुमा आफैं साधिका बन्ने सोच बनाएकी टुरेसीले त्यसपछि बाबुको बाटो पछ्याइन् । क्यान्सरका ती बिरामी, जसका लागि किमोथेरापीले काम गर्न छाडेपछि अन्य वैकल्पिक विधिको अभाव हुन्छ, ती बिरामीको अवस्था देखेर युवाअवस्थामा साहिन र टुरेसी वेचैन, हैरान हुन्थें । यही हैरानीले उब्जाएको छटपटिले नै एमआरएनएबारे काम गर्न उर्जा दिएको उनीहरु बताउँछन् ।

यी दुईजनाको होमवर्ग विश्वविद्यालय अस्पतलामा १९९० को दशकमा भेट भयो । ‘जतिबेला हामीसँग बिरामीका लागि दिने केही थिएन । त्यसबेला हामीले महसुस ग-यौं कि स्ट्यान्डर्ड थेरापीमार्फत हामी चाडैं त्यो बिन्दुमा पुग्नेछांै,’ डाक्टर टुरेसी भन्छिन्, ‘यो फर्मेटिभ प्रयोग थियो ।’ यो जोडीले आफ्नो डक्टोरेल थेसिस पनि प्रयोगात्मक थेरापीहरुबारे लेखेको थियो ।

तत्कालीन समय जोहानेस–गुटेनवर्ग विश्वविद्यालयको हेमाटोलोजी र अन्कोलोजी विभागका प्रमुख क्रिस्टोफ हुवर (जो अहिले बायोनटेकका नन–एक्जुकेटिभ डाइरेक्टर छन्) ले उनीहरुलाई आफ्नो संकायमा भर्ना हुन अभिप्रेरित गरेका थिए । शरीरको आफ्नै प्रतिरोधी प्रणालीलाई संक्रामक रोग जसरी नै क्यान्सर जित्नेगरी तयार गर्नेबारे आधारित नयाँ उपचार विधिका बारेमा यी दुईले अनुसन्धान थाले ।

सन् २००१ मा एन्टीबडी उपचारको विकास गर्नका लागि उनीहरुले आफ्नो पहिलो कम्पनी गेनीमेड फर्माक्युटिकल्स जीएमबीएच स्थापना गरे । यस कम्पनीमा डाक्टर टुरेसी प्रमुख कार्यकारी र डाक्टर साहिन अनुसन्धानकर्ता थिए । ‘विज्ञान र जीवनबीचको खाडललाई पुर्ने प्रेरणा थियो । अनुसन्धानका क्रममा हामीले त्यस्ता समाधानहरु देख्यौं, जसलाई हामीले हाम्रो बिरामीको अस्पतालको बेडसम्म ल्याउन सक्दैन थियौं,’ डा टुरेसीले भनिन् । सन् २००२ को एकदिन, डाक्टर साहिन र डाक्टर टुरेसीले लन्चटाइम आसपास आफ्नो प्रयोगशाला छाडे, उनीहरु रजिस्ट्री कार्यालय पुगे । त्यहाँ बिहे दर्ता गरेपछि फेरि उनीहरु ल्याबको कपडा लगाएर काममा फर्किए ।

कमेन्टहरु