सिरहामा ग्लोबल आएमई बैंकको १५औं बार्षिक उत्सवमा रक्तदान कार्यक्रम गरि मनाइदै


महेश सिंह
सिरहा । ग्लोबल आएमई बैंक लहान शाखाले आयोजना गरेको रक्तदान सम्पन्न भएको छ। ग्लोबल आएमई बैंक लहान शाखाले प्रदेश २ मा १५औं स्थापना दिवसको उपलक्ष्यमा लहान शाखाको प्रबन्धक महेश कुमार महतोले रक्तदान कार्यक्रमको आयोजना गरेर उत्सब मनाएका हो ।
रक्तदान नै जीवन दान हो भन्दै कार्यक्रमको आयोजना गरेको हो । देशमा कोरोना कहरले बितनडा मचाएका थिए।कोरोनाको मर्कामा परेका नेपाल यति बेला नेपाली नागरिकले सहज महसुस गर्ने गरेका छन्।
कोरोनाले गर्दा देशमा ब्लडको निकै अभाव भएकोले उक्त समस्या देशमा भिषम रुप लिएको थियो।महामारीले देशमा बल्डको अभाव हुँदा लाखौं ब्यक्तिले ज्यान गुमाएको अवस्था रहेको छ । उक्त ब्लडको समस्या हालसम्म समाधान हुन् नसक्दा ग्लोबल आएमई बैंक लहान शाखाले मध्ये नजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरी बैंकले १५औं वार्षिक उत्सव मनाएका छन्।
उक्त कार्यक्रममा करिब ५० जना युवा युवायुवतीहरुले रक्तदान गरेका थिए।






















