देश

इस्वी सन् २०२२ ले सबै समुदायबीच असल सम्बन्ध गाँस्ने प्रधानमन्त्री देउवाको विश्वास

जगत ठाडा मगर
२०७८ पुस १७ | बिहान ०८:०९ बजे

सबै समुदायबीच असल सम्बन्ध गाँस्ने विश्वास

काठमाडौँ, पुस १७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव समाजमा मनाइने चाडपर्व, नयाँ वर्ष लगायतका शुभ अवसरले नेपाली समाजको एकता र सम्बन्ध बलियो बनाउँदै आएको बताउनुभएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२२ को शुभ अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले नयाँ वर्षमा नेपाली समाजमा नयाँ उमङ्ग, खुसी र प्रगतिको पथ पहिल्याउन सकोस् भन्नुभएको छ । उहाँले सांस्कृतिक, भाषिक विविधता भएको नेपाली समाजले सबै जात, जाति, भाषाभाषी, कला–संस्कृतिको सम्मान गर्ने मौलिक परम्परा रहँदै आएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले नयाँ वर्ष २०२२ ले नेपालका सबै समुदायबीच आपसी भाइचारा, सद्भाव तथा असल सम्बन्ध गाँस्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सन् २०२२ मा मुलुकले आर्थिक समृद्धि, शान्ति तथा अमनचयन कायम गर्ने विश्वास व्यक्त गर्दै कोभिड १९ जस्ता महामारीबाट आम नागरिकले मुक्ति पाउनेसमेत उल्लेख गर्नुभएको छ ।

कमेन्टहरु