राजनीति

गृहजिल्ला पुगेर एमाले सम्झिँदै धरधरी रोइन मन्त्री झाँक्री

जगत ठाडा मगर
२०७८ पुस १६ | मध्यान्ह ०९:०९ बजे

बुटवल । शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्री गृह जिल्लाको एक कार्यक्रममा रोएकी छन्।

शुक्रबार गुल्मी पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा राजनीतिक जीवनको कठिनपूर्ण यात्रा सम्झिँदै रोएकी हुन् । धेरै मान्छेले पार्टी कसरी निर्माण गर्छौ, राजनीति यात्रा कसरी अगाडि बढ्छ भनेर आफूहरुलाई प्रश्न गरिरहेको भन्दै उनले गहभरि आँशु झार्दै रोएकी हुन् ।

एकीकृत समाजवादीको पार्टी कार्यालय नजिकै एमाले पार्टी कार्यालयको पक्की भवन छ । त्यही भवन निर्माण गर्दाको पल सम्झिँदै उनले भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ भन्ने सबैको मान्यता हो । उक्त भवन निर्माणका लागि पार्टीमा ठूलो योगदान गर्‍यौं । तर त्यही घर अहिले पार्टीबाट अलग भएको छ ।’

मन्त्री झाँक्रीले निर्वाचन भए नेकपा एमाले पत्तासाप हुने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नै नचाहेको र अबको निर्वाचनमा एमाले पत्तासाप हुने बताइन् । सत्ता बाहिर बस्नु पर्दाको पीडाले एमाले अत्तालिएको भन्दै मन्त्री झाँक्रीले जनताको समस्या बोल्ने र समाधान गर्ने थलो संसद अवरुद्ध गरेर एमालेले निरंकुश पारा देखाएको बताइन् ।

कमेन्टहरु