राजनीति

माओवादी केन्द्रका केन्द्रीय सदस्य काठमाडौं बस्न नपाउने

जगत ठाडा मगर
२०७८ पुस १६ | मध्यान्ह ०८:०९ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरु काठमाडौंमा बस्न नपाउने बताइएको छ ।

पार्टी निर्माणका लागि १५ दिन अनिवार्य श्रम गर्नुपर्ने विषय राजनीतिक दस्तावेजमा उल्लेख गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिलाई जवाफ दिँदै बन्दसत्रमा केन्द्रीय सदस्यले उपत्यका बस्न नपाउने घोषणा गरेका हुन् ।

उनले भने `पार्टी निर्माणका लागि गाउँ केन्द्रित हुनुपर्छ । केन्द्रीय सदस्य भएर काठमाडौ बसिराख्ने अवस्था छ । यसलाई अन्त्य गरिनुपर्छ । पार्टीका कामबाहेक केन्द्रीय सदस्यले काठमाडौंमा बस्न पाउने छैनन् ।´

तर प्रचण्डको यो भनाइ कार्यान्वयनमा आउन कठिन रहेको नेताहरु बताएका छन् ।

कमेन्टहरु