खेलकुद

क्योकुशिन कराँते संघद्वारा उत्कृष्ट खेलाडीहरुलाई सम्मान

जगत ठाडा मगर
२०७८ पुस १६ | मध्यान्ह ०८:०९ बजे

पवन प्रसाद साह
वीरगंज । क्योकुशिन कराते संघद्वारा सम्मान कार्यक्रम सम्पन्न भएको छ। Dharache Rural municipality Sport Commitee मेचिखोला गण्डकी प्रदेशद्वारा योजना गरिएको राष्ट्रिय स्तरको कराँते प्रतियोगितामा पर्सा जिल्लाबाट सामेल भएका खेलाडीहरु मध्ये राष्ट्रिय स्तरको कराँते प्रतियोगिताबाट बिजेता भएकालाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

सम्मान कार्यक्रमको प्रमुख अतिथिमा वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगी तथा विशिष्ट अतिथि वीरगंज महानगरपालिका वडा नं १० को वडा अध्यक्ष रामनगिना प्रसाद साह कानुले गोरखामा भएको राष्ट्रिय कराँते प्रतियोगिताबाट बिजेता भएकालाई प्रमाण पत्र र शिरिजले सम्मान गरेका थिए ।

सम्मान हुनेमा प्रथम बिजेता वीरगंज महानगरपालिका वडा नं १० का १६ बर्ष उमेरमा जापनिज कालो बेलट दुई पटक पाइसकेका आदर्श गुप्ता, दोस्रो बिजेतामा शिभम साह, तेस्रो बिजेतामा शिदा पटेल, पिरिया सिंह, असमता धरेल, बिनिता मंडल, लगायतका सहभागी खेलाडीहरूलाई सम्मान गरेका थिए।

सम्मान गर्दै नगर प्रमुख सरावगी र विशिष्ट अतिथि कानुले बिजेता खेलाडीहरूलाई शुभकामना दिदै आगामी दिनमा पनि आफनो जिल्ला र प्रदेशलाई नाम चिनाउँदै देशको नाम उच्च रुपमा चिनाउन आग्रह गर्दै, बधाई सहित शुभकामना दिएका थिए । साथै क्योकुशिन कराँते संघका राष्ट्रिय अध्यक्ष राजकुमार महतोलाई समेत बधाई दिएका थिए।

उत्कृष्ट खेलाडीहरु यही आउँदो पुस २१ गतेको भारतको कलकत्तामा हुने कराँतेमा सहभागी हुने किओकुसिन कराँते एसोसिएसनका राष्ट्रिय अध्यक्ष राजकुमार महतोले जानकारी दिए।

सम्मान कार्यक्रम क्योकुशिन कराँते संघ राष्ट्रिय अध्यक्ष राजकुमार महतोको सभापतित्वमा भएको कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं १० का वडा सदस्य अरबिन्द गुप्ता, संचारकर्मी राहुल गुप्ता, पवन प्रसाद साह लगायतका ब्याक्तित्वको उपस्थिति रहेको थियो ।

कमेन्टहरु