एकीकृत समाजवादीको पार्टीको उद्देश्य र लक्ष्य चुनावदेखि चुनावसम्म नभएर जनतादेखि जनतासम्म : अध्यक्ष नेपाल

जगत ठाडा मगर
२०७८ पुस १६ | मध्यान्ह ०४:०९ बजे

काठमाडौ, पुस १६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद् नेपालबीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका हुन् ।
नेपालले जनताको हित र कल्याणका लागि सुकुम्बासीको समस्या, समावेशिताको राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रम अघि सारेको बताए ।
अध्यक्ष नेपालले आफ्नो पार्टीको उद्देश्य र लक्ष्य चुनावदेखि चुनावसम्म नभएर जनतादेखि जनतासम्म भएको बताए ।






















