देशभर थपिए २१२ कोरोना संक्रमित, २१२ जना डिस्चार्ज हुँदा ४ को मृत्यु


काठमाडौं, पुस १५ । देशभर पछिल्लो चौबिस घन्टामा २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४ नमूनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ७ हजार ८८५ नमूनाको पीसीआर परीक्षण गर्दा २२४ र १ हजार १९९ जनामा एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोही अवधिमा २१२ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको ४ रहेको छ।
यो सँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २८ हजार ४३१ पुगेको छ भने एन्टीजेनतर्फ ९६ हजार २०२ पुगेको छ। त्यस्तै हालसम्म कोरोनामुक्त हुनेको संख्या८ लाख ११ हजार ९५८ पुगेको छ। अहिलेसम्म ११ हजार ५९४ कोरोना संक्रमितको मृत्यु भएको छ।
हाल मुलुकभर ४ हजार ८८९ सक्रिय संक्रमित रहेका छन्। जसमध्य ४ हजार ६५१ जना होम आइसोलेसनमा छन् । त्यस्तै २२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। अस्पतालमा उपचाररतमध्य ८९ जना आइसीयूमा छन् भने २४ जना भेन्टिलेटरमा छन्।






















