च्याउ उत्पादक किसान संघ नेपालको अध्यक्षमा सन्तोष कार्की निर्वाचित


काठमाडौ, पुस १६ । च्याउ उत्पादक किसान संघ नेपालको अध्यक्षमा सन्तोष कार्की निर्वाचित भएका छन् । राष्ट्रिय च्याउ दिवसका अवसरमा हेटौंडामा आयोजित किसानहरूको राष्ट्रिय सम्मेलनबाट कार्की अध्यक्षमा निर्वाचित भएका हुन् ।
९८ मत ल्याएर कार्की अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्धन्द्धी सुरेन्द्र गिरीले ८५ मत ल्याए । संघको उपाध्यक्षमा सिताराम तिमल्सिना र महासचिवमा विकास रिमाल निर्वाचित भएको संघले जनाएको छ । यस्तै, महासचिव विकास रिमालले ८८ मत पाएका थिए भने उनका प्रतिद्धन्द्धी सरोज नेपालले ८५ मत ल्याए ।
त्यस्तै कोषाध्यक्षमा विनोद पौड्याल निर्वाचित भए । यसैगरी सचिवमा रामहरि घिमिरे, रमेश सापकोटा र शिव सन्जेल निर्वाचित भएका छन् । यता संघको प्रदेश कमिटीमा सातवटा प्रदेशमा सातजना उपाध्यक्षमा निर्वाचित भएका छन् ।
जसअनुसार, प्रदेश नम्बर १ मा बमलाल खवास, प्रदेश नम्बर २ मा ध्रुव चौलागाईं, बागमती प्रदेशमा उमेश गौतम, उपत्यका प्रदेश कमिटी प्रदेश नम्बर ३ मा रविन्द्र श्रेष्ठ, कर्णाली प्रदेशमा विजय ज्ञवाली र सुदुर पश्चिम प्रदेशको उपाध्यक्षमा मनोज बडाल निर्वाचित भएको संघका निवर्तमान अध्यक्ष प्रेमनारायण अधिकारीले जानकारी दिए ।






















