Opens in a new tab

राजनीति

कारागारमा रहेका रेशम चौधरीले जेलबाटै नयाँ पार्टी खोल्दै

जगत ठाडा मगर
२०७८ पुस १६ | मध्यान्ह १२:०९ बजे

बुटवल । टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका रेशम चौधरीले नयाँ पार्टीको घोषणा गरेका छन्। उनले जेलबाटै नयाँ पार्टीको घोषणा गरेका हुन्।

चौधरीले पुस १९ मा दल दर्ता गर्ने र आज कारागारलाई दर्ताको जानकारी गराउने तयारी गरेको बताइएको छ । चौधरीले पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राख्ने भएका छन् । चौधरीकी पत्नी रञ्जिताका अनुसार नयाँ पार्टीको अध्यक्ष चौधरी आफै हुने छन्। तर निर्वाचन आयोगले चौधरीलाई दलको अध्यक्ष बनाउन मानेन भने उनकी पत्नी रञ्जिता हुनेछन्।

पार्टी दर्ता गराउनुअघि चौधरीका कार्यकर्ता १९ गते बिहान माइतीघर मण्डलामा जम्मा हुने कार्यक्रम छ। त्यहाँबाट झाँकीसहित आयोगमा जाने कार्यक्रम रहेको छ। २०७४ को प्रतिनिधिसभाको चुनावमा चौधरीले कैलालीबाट चुनाव जितेका थिए। चुनावको बेला उनी फरार सूचीमा रहेका थिए। चुनावपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए।

कमेन्टहरु