प्रधानमन्त्री देउवा दिउँसो ३ बजे सुन्दरीजलस्थित बीपी संग्रहालय जाँदै


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा सुन्दरीजलस्थित बीपी संग्रहालय जाने भएका छन् । शुक्रबार अपरान्ह दिउँसो तीन बजे ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का अवसरमा देउवा बीपी संग्रहालय जाने भएका हुन् ।
प्रधानमन्त्री देउवा दिउँसो ३ बजे सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर बिपी काेइराला, गणेशमान सिंह लगायतका नेताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । काँग्रेसका संस्थापक बीपी कोइराला २०३३ साल आजकै दिन अर्थात् पुस १६ गते मेलमिलाप नीतिका साथ लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएका थिए ।
सोही दिनको सम्झनामा काँग्रेसले प्रत्येक वर्ष पुस १६ लाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ । काँग्रेस र उसकाे भ्रातृ संस्थाले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मेलमिलाप दिवस मनाउँदै छन् ।






















