मौसम

तराईमा शीतलहर सुरु, बाक्लो कुहिरोले जनजीवन कष्टकर

जगत ठाडा मगर
२०७८ पुस १६ | बिहान १०:०९ बजे

जनकपुरधाम, पुस १६ । तराईका धनुषा, सिरहा, महोत्तरीसहित मधेसका जिल्लाहरुमा शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । मानिसहरु घर बाहिर निस्कनै कठिन भएको छ । शीतलहरसँगै चिसो अत्यधिक बढेको छ ।

बजारमा मानिसको चहलपहल पनि कम छ । कुहिरोले आकाश ढाकिएपछि सवारी चलाउनसमेत कठिन भएको छ । बाक्लो कुहिरो र शीतलहरले नजिकै देख्न पनि समस्या हुन थालेको छ । बुधबार र बिहीवार वर्षा भएका कारण चिसो बढेको छ ।

हिजो हावा चलेपछि आज अत्यधिक कुहिरो लागेको छ । चिसो बढेपछि सर्वसाधारण आगो तापेर घरमै बसेका छन् । विशेष गरी बाहिर काम गर्ने मजदुर बढी समस्यामा परेका छन् । खासगरी विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न मुस्किल भएको छ । शीतलहरबाट मधेसका मुसहर, चमार, डोमलगायतका बिपन्न वर्षेनी पिरोलिन्छन् ।

बाक्लो लुगा लगाउन नपाएकै कारण कतिपय विपन्न नागरिकले चिसोका कारण मृत्युवरण गर्नुपरेका धेरै उदाहरण छन् ।

कमेन्टहरु