जेसिज शिवराजमा नयाँ नेतृत्व, अध्यक्षमा गिरी


कपिलवस्तु । शिवराजमा जेसिजले नयाँ नेतृत्व चयन गरेको छ । विहिबार शिवराज १ शिवपुरमा भएको पाचौ साधारण सभा तथा चौथो अधिवेशनले खगेश्वर गिरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
जसको कार्यकारणि उपाध्यक्षमा विष्णु भुसाल र गणेश जिसी, कानुनी सल्लाहाकारमा कविराज अधिकारी, महासचिवमा वाइपि पौडेल, कोषाध्यक्षमा विष्णु हमाल, उपाध्यक्षमा तिलक कार्की, मनिष बन्जाडे, रुपेन्द्र आचार्य र युवराज पौडेललाई चयन गरिएको छ ।
अधिवेशनमा बोल्दै तत्कालीन अध्यक्ष वुद्धिसागर सापकोटाले आफ्नो कार्यकालमा गरेका कामको बारेमा प्रकाश पारेका थिए । पूर्व अध्यक्ष विजय सापकोटाले युवाहरुको संस्थाले समाज परिवर्तनमा मुख्य भुमिका खेलेको भन्दै जेसिजले समाजिक काममा नेतृत्व लिने बताए ।
शिवराज जेसिजले विभिन्न समयमा नागरिकहरुलाई परेका समस्यामा साथ दिइरहेको बताए । त्यस्तै संस्थापक अध्यक्ष सरोज पौडेलले हरेक गतिविधिमा जेसिज सहभागि हुनुपर्ने बताउँदै हरेक ठाउँमा युवाले नेतृत्व गर्नुपर्ने बताए । नयाँ नेतृत्वलाई बधाई दिदै एक वर्षे कार्यकालमा नमुना काम गर्न सुझाव दिनुभयो ।






















