राजनीति

माओवादी महाधिवेशन : आज प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

जगत ठाडा मगर
२०७८ पुस १६ | बिहान ०९:०९ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् ।

समूहगत छलफलको सुझाव तथा निष्कर्षको प्रस्तुतीकरण सकिएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् । प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा २५ वटा समूहका टोली नेताले निष्कर्ष प्रस्तुत गरेका थिए ।

निर्वाचन आयोगको प्रतिवेदन, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पारित भएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसुची रहेको छ । आजको बन्दसत्र दिउँसो १ बजेबाट हुनेछ ।

कमेन्टहरु