देश

दाङमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस १६ | बिहान ०८:०९ बजे

दाङ । दाङको तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण–६ को श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर ६ का अन्दाजी ३३ वर्षका सुमन केसीको मृत्यु भएको हो ।

केसीलाई शुक्रबार बिहान अन्दाजी चार बजेतिर गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए । ठक्कर दिने गाडीको पत्ता लागेको छैन् । सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

शवलाई अहिले राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषीको पहिचान र कारबाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध गरेका छन् । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु